रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।