राप्रपाद्वारा विष्ट र प्याकुरेका पक्षमा मतदान गर्न निर्देशन



काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नंं १ मा पार्टीका उम्मेदवार अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न आग्रह गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पार्टीका आफ्ना मतदातालाई सो निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकले अन्य प्रदेशमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदातालाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको छ ।