माओवादीले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका ५ उम्मेदवार



काठमाडाैं, पुस २० गते । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

माओवादीले प्रदेश २ बाट महिलाबाट उर्मिला अर्याल, गण्डाकीबाट दलित कोटामा भुवन सुनार, सुदूरपश्चिम दलितबाट जगत पार्की, कर्णाली प्रदेशको अल्पसंख्यकबाट नरबहादुर विष्ट र अन्यबाट सुरेश आलेमगर राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको हो ।


सत्तागठबन्धनको बैठकले राष्ट्रियसभा सदस्यका लागि १९ पदमध्ये माओवादीका लागि पाँच सिट छुट्याएको थियो । सोही अनुसार माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो ।