माओवादी महाधिवेशन : सुरु भयो आजको बन्दसत्र



काठमाडाैँ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । 

स्थायी कमिटी बैठक सकिएपछि बन्दसत्र सुरू गरिएको हो । सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने प्रयासका लागि बन्दसत्र स्थगित गरिएको थियो । सहमति जुटाउन पार्टीको स्थायी कमिटी बैठक महाधिवेशनस्थल प्रज्ञा भवनमा बसेको थियो ।


शनिबारको बन्दसत्रबाट पारित विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ ।