माओवादी केन्द्रीय समिति : खुल्लाबाट ६ जना मात्रै महिला

sf7df8f}F, !* k'; . g]skf -dfcf]jfbL s]G›_sf] cf7f}+ /fli6«o dxflwj]zgsf] cf7f}+ lbgsf] aGb;qnfO{ ;Daf]wg ub}{ kf6L{sf cWoIf Pj+ k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /Tg >]i7, /f;;


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को आज सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

खुल्लातर्फ १११ जना निर्वाचित हुँदा ६ जना मात्रै महिलाले स्थान पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले घोषणा गरेकाे २३६ सदस्यीय केन्द्रीय समितिमा खुल्लातर्फ पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी र यशोदा गुरुङ सुवेदी निर्वाचित भएका छन् ।


माओवादीले केन्द्रीय समितिमा ३५ प्रतिशत महिलालाई स्थान दिने बताइएको थियो । यद्यपि सबै वर्ग, समुदाय र क्षेत्रको जोड्दा भने तोकिएको प्रतिशत पुग्न जाने माओवादीको दाबी छ ।