![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडाैँ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक सकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख निजी सचिव भानु देउवाका अनुसार राष्ट्रिय साभ निर्वाचन र संघीय संसद्को अवरुद्ध बैठक सञ्चालनको विषयमा छलफल भएको हो । सरकार सञ्चालन समन्वय समितिको बैठकमा राष्ट्रिय साभ निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउने संयन्त्रलाई प्रभावकारी बनाउने र अवरुद्ध संघीय संसद् बैठक सञ्चालनको विषयमा छलफल भएको बताइएकाे छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी थिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)