थप १२,००८ जनामा कोरोना संक्रमण पुष्टि, ३,०४० जना संक्रमणमुक्त



काठमाडौँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२,००८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९२७८८० पुगेको छ ।


त्यस्तै पछिल्लाे २४ घण्टामा ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । नेपालमा हाल संक्रमणमुक्त हुने दर ८९.२ प्रतिशत रहेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६६७ पुगेको छ । नेपालमा काराेनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेकाे छ ।

हाल क्वारेन्टाइनमा १६५ जना छन् भने आइसोलेसनमा ८८९३४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।