आजबाट इस्वी संवतको नयाँ वर्ष २०२२ सुरु



काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार शनिबारदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात भएको भन्ने भनाइ रहेको छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।


जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।