सर्लाहीका प्रजिअ र प्रहरी उपरीक्षकलाई कोरोना सङ्क्रमण



सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए । सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बसेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।