सत्ता गठबन्धन बैठक : जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति



काठमाडौँ । सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रवितधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


उनले अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने बताए । ‘स्थानीय तहको निर्वाचन जेठ महिनिाभित्र गर्न सत्तारुढ दलको बैठकमा प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ’, कार्कीले भने, ‘संविधानसँग बाझिएका ऐन पनि संशोधन गर्न गठबन्धनले सुझाव दिएको छ ।’