संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ



इलाम । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताएका छन् ।

संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद् अवरोद्ध हुनु दुर्भाग्य भएको बताएका छन् । एमालेको १० औँ जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसिसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी)ले नै गरेको बताए ।