राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने



काठमाडौँ । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।