माओवादी महाधिवेशन : आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित



काठमाडाैँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको हो ।

शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । ती सबै कार्यक्रम भाेलि १ बजेसम्मकाे लागि स्थगित गरिएको हाे ।