माओवादी केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै, पदाधिकारी चयन गरिने



काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो ३ बजे नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकले पदाधिकारी चयन गर्ने जनाइएको छ ।आठौं महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । त्यसपछि निर्वाचन समितिले अध्यक्ष प्रचण्डद्वारा घाेषित नाम अनुमाेदन गरेकाे थियाे।