माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना सङ्क्रमण



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई कोरोना सङ्क्रमण भएकाे छ । स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी परीक्षण गर्दा कोरोना सदेङ्क्रमण पुष्टि भएकाे हाे । उनी आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेकाे र स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएकाे छ।

डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ । पुस २५ गते हुने भनिएकाे केन्द्रीय समितिकाे बैठक माघ ८ गतेसम्मकाे लागि स्थगित गरिएकाे छ ।


नारायणकाजी श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण पुष्टि

यस्तै, साेही पार्टीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । 

‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’  उनले सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनीसँगै उनका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना पोजेटिभ देखिएको छ ।