माओवादीका केन्द्रीय सदस्यबाट पद तथा गोपनियताको सपथ ग्रहण



काठमाडाैँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट चयन हुनुभएको केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।सपथ लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाइएको छ । केन्द्रीय कार्य समितिको यो पहिलो बैठकले पदाधिकारीहरु टुंगो लगाउने जनाइएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार आजको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएपनि पदाधिकारीमा भने सहजै सहमति हुने सम्भावना कम रहेको छ ।