बालुवाटारमा सरकार सञ्चालन समन्वय समिति बैठक जारी



काठमाडाैँ । सरकार सञ्चालन समन्वय समितिको बैठक बालुवाटारमा जारी छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार सञ्चालन समन्वय समितिको बैठक बसेको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीका अनुसार बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी छन् । बैठकमा राष्ट्रिय साभ निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको छ ।