बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते



बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८:०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।

प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु शहरको मेट्रोपोलिटन इन्टर-सिटी एक्सप्रेसवेमा दुर्घटना भएको हो। स्थानीय प्रहरीका अनुसार बाक्लो कुहिराका कारण चालकहरूलाई बाटो देख्न मुस्किल परेको थियो जसले गाडीहरू एकै ठाँउ थुप्रिन पुगे र दुर्घटना हुन पुग्यो।