पशुपतिकाे धर्मशाला त फाइभ स्टार होइन, सेभेन स्टार हाराहारीको पाएँः मन्त्री आले



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्रेम आलेले पशुपति क्षेत्रभित्र रहेको पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । आइतबार मन्त्री आलेले बतास अर्गनाइजेशनलाई भाडा दिइएको धर्मशालाको निरीक्षण गरेका हुन् ।

आइतबार बिहान ११ बजे छानविन समितिको टोलीलाई लिएर पशुपति क्षेत्र पुगेर मन्त्री आलेले धर्मशालाको निरीक्षण गरेका हुन् । त्यसक्रममा मन्त्री आलेले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गर्न खाजेपनि सबै कोठाको भने व्यवस्थापनले निरीक्षण गर्न दिएन ।


छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए । 

निरीक्षणपछि मन्त्री आलेले धर्मशाला पाँच तारे होटल भन्दा माथिल्लो स्तरको पाएको बताए । उनले भने,‘आज हेर्दा यो पाइभ स्टार होइन सेभेन स्टार हाराहारीको पाएँ । म त सक्ड पनि भएँ । प्रतिवेदनपछि तपाइँहरुले दूधको दूध पानीको पानी छर्लङ्ग थाहा पाउनुहुन्छ ।’

उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने बताए । उनले धर्मावलम्बीलाई सर्वसुलभ रुपमा बस्न बनाइएको बताए । उनले यसमा दोषी देखिएका सबैलाई कारबाही हुने बताए ।