पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण



काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको हो ।

काराेनाकाे सामान्य लक्षण मात्र देखिएको र उनकाे अरु स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएकाे छ ।


मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।