नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दै



काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक ललितपुरस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे बस्दैछ ।

केन्द्रीय कार्य समितिको बैठक आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा केन्द्रित हुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।


अहिले राष्ट्रिय सभाको निर्वाचन नै प्रमुख एजेण्डाको विषय रहेको छ । यसबाहेक बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।