देउवा–प्रचण्ड भेटवार्ता : समन्वय समितिको बैठक बोलाउनेबारे सहमति



काठमाडाैँ । प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धनमा छलफल भएको बताइएकाे छ ।


प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा भोलि मंगलबार नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने सहमति पनि भएको छ ।