थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, पाँचकाे मृत्यु



काठमाडौँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।याेसँगै काेराेना संक्रमणमुक्त हुनेकाे संख्या ८३१७१२ पुगेकाे छ । नेपालमा हाल संकेमणमुक्त हुने दर ८९.१ प्रतिशत रहेकाे छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप पाँच जनाको काराेना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा काराेनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेकाे छ ।

त्यस्तै नेपालमा हाल ९०,०६७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।