थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ काे मृत्यु



काठमाडौँ । नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८०१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९३९२६७ पुगेको छ ।


त्यस्तै पछिल्लाे २४ घण्टामा थप ५२९२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८३७००४ पुगेको छ । नेपालमा हाल संक्रमणमुक्त हुने दर ८९.१ प्रतिशत रहेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६८७ पुगेको छ । नेपालमा काराेनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेकाे छ ।

हाल क्वारेन्टाइनमा १४९ जना छन् भने आइसोलेसनमा ९०५७६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।