थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० काे मृत्यु



काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । 

यस्तै पछिल्लाे २४ घण्टामा थप ५ हजार ४३२ जना काराेना संक्रमणमुक्त भएका छन् । याेसँगै संक्रमणमुक्त हुनेकाे संख्या ८ लाख ४२ हजार ४३६ पुगेकाे छ । नेपालमा हाल संक्रमणमुक्त हुने दर ८९.२ प्रतिशत रहेकाे छ ।


यस्तै पछिल्लाे २४ घण्टामा थप १० जनाकाे काराेनाबाट मृत्यु भएकाे छ । याेसंगै काराेनाबाट मृत्यु हुनेकाे कुल संख्या ११ हजार ६९७ पुगेकाे छ । नेपालमा हाल काराेनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेकाे छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ रहेकाे छ ।