थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ काे मृत्यु



काठमाडौँ । नेपालमा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९५३९१३ पुगेको छ ।


त्यस्तै पछिल्लाे २४ घण्टामा ८१९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८६२८९८ पुगेको छ । हाल संक्रमणमुक्त हुने दर ९०.५ प्रतिशत रहेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११७४३ पुगेको छ । हाल काराेनाबाट हुने मृत्युदर १.ङ प्रतिशत रहेकाे छ ।

क्वारेन्टाइनमा १४१ जना छन् भने आइसोलेसनमा ७९२७२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।