थप ३ हजार ५४० जनामा काराेना संक्रमण पुष्टि 



काठमाडौँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९१० जनाको पीसीआर परीक्षण गर्दा ३०४९ र ३२३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण पुष्टि भएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा ६३५९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै माघ १३ गते देखि १६ गतेसम्म ३२ जनाको मृत्यु भएको छ। देशभर अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ।