थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा थप १२३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२३३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८८७७६९ पुगेको छ ।


त्यस्तै ६४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८१८८०९ पुगेको छ । नेपालमा हाल सङ्क्रमणमुक्त हुने दर ९२.२ प्रतिशत रहेकाे छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा काराेना सङ्क्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११६३२ पुगेको छ ।

क्वारेन्टाइनमा १२५ जना छन् भने आइसोलेसनमा ५७३२८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ३४ हजार २१४ जनाले खोप लगाएका छन् । अहिलेसम्म चार करोड तीन लाख ८८ हजार ८४४ खोपको मात्रा प्राप्त भएको छ भने उपलब्ध खोपमध्ये दुई करोड ८७ लाख ३३ हजार ८३ मात्रा खोप लगाइएको छ ।