थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा थप १०३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०३१९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९१८४४८ पुगेको छ ।


त्यस्तै पछिल्लाे २४ घण्टामा २५४० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ८२४२३९ पुगेको छ ।नेपालमा हाल संक्रमणमुक्त हुने दर ८९.७ प्रतिशत रहेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६५९ पुगेको छ । काराेनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेकाे छ ।

हाल क्वारेन्टाइनमा १४९ जना छन् भने आइसोलेसनमा ८२५५० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।