थप १०,७०३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लाे २४ घण्टामा नेपालमा थप १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०७०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८९६५८४ पुगेको छ ।


त्यस्तै पछिल्लाे २४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८१९५७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.४ प्रतिशत रहेको जनाएको छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६३५ पुगेको छ ।

क्वारेन्टाइनमा १५४ जना छन् भने आइसोलेसनमा ६५३७४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ४०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।