कार्यालय सहयोगी मृत फेला



डाेटी । जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।

उनका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा आज मृतावस्थामा फेला परेका हुन् । मृतक कोली जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि आएका शव चिरफारको काम गर्दै आएका थिए । आफन्तहरू अहिलेसम्म नपुगेकाले कोलीको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।