प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम



जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाई मतबाट प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावमा ७८ मत परेको हो । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेका थिए ।


यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।