सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या : नेत्रविक्रम चन्द



सङ्खुवासभा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् ।

बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार आइपुग्नु भएका महासचिव चन्दले सरकार सहमति कार्यान्यवनमा उदासिन रहेको आरोप लगाए । तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफू आशावादी रहेको बताए । बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उनको भनाइ थियो ।


सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो । बन्दीको रिहाइ र मुद्दा खारेजीका लागि सत्तारुढ दलका प्रमुखसँग पुनःछलफल गर्ने उनले बताए । नेपाली कांग्रेसमासमेत समाजवादको बहस सुरु भएकाले समाजवाद पक्षका कम्यूनिष्ट पार्टी एक हुनुको विकल्प नभएको उनले बताए ।