राजेन्द्र लिङ्देनलाई ओलीकाे जवाफ–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ



काठमाडाैँ । एमाले अध्यक्ष केपी ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् । लिङ्देनले जनताले नेतालाई चोरको रूपमा चित्रित गर्न थालेको अभिव्यक्ति दिएपछि ओली खनिएका हुन् । 

‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई’, ओलीले कटाक्ष गरे, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’