भारतीय सेना प्रमुख सवार हेलिकप्टर तामिलनाडुमा दुर्घटना



भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर तामिलनाडुमा दुर्घटना भएको छ । हेलिकप्टरमा भारतीय सेनाका चिफ अफ स्टाफ विपिन रावत, उनकी पत्नी र सेनाका अन्य वरिष्ठ अधिकारीहरु रहेको बताइएको छ । दुर्घटनामा मानवीय क्षति भए नभएकोबारेमा भने केही बताइएको छैन । घाइतेलाई उद्दार गरी अस्पताल लगिएको छ ।