बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् ।उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिने उनले बताए ।
यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए ।उनले अब अहिलेकै अवस्थामा बेलायतमा अर्काे लकडाउन नगरिने पनि बताए । उनले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्ने, तर अब लकडाउनका अवस्था नआउने बताए ।