पहिलो चरणमै विजयी हुन्छु : प्रधानमन्त्री देउवा



काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको पदमा उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाए । प्रधानमन्त्री देउवाले भने, “सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।”