दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण



दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उनले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहेका छन् । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सिरिल रामाफोसाले उपचार गराइरहनुभएको आइतबार राति सो कार्यालयले जनाएको छ । उनले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका थिए । यसकारण उनलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उनी रहेकाे बताइएको छ ।


हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ । तर उहाँलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् ।