थप १८९ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १८९ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा सात हजार ९९७ को पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ९३ पुगेको छ ।


पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख आठ हजार ६०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

त्यसैगरी, पछिल्लो समय एक लाख ११ हजार ९३८ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४२८ छ ।