तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको बताइएको छ । सीमावर्ती जिल्ला गुस्तामा भएको उक्त अपरेशनको नेतृत्व गुप्तचर महानिर्देशनालय (जीडीआई) का प्रादेशिक प्रमुख डाक्टर बशीरले गरेका थिए ।
घटनापछि पाकिस्तानी सेनाले सोमबार राति कुनार प्रान्तमा तोपबारी प्रहार गरेको खबरलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ। पाकिस्तान र अफगानिस्तान बीच लगभग २,४०० किलोमिटर फैलिएको डुरान लाइनमा पाकिस्तानले लगभग आफ्नो तर्फको सिमामा काँडेतार लगाउँने काम लगभग पूरा गरिसकेको जनाइएको छ ।