कांग्रेसको १४ औँ महाधिवेशन : सभापतिमा देउवाको अग्रता कायमै



काठमाडाैँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापतिका उम्मेद्वारको मतगणना जारी रहेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो मत परिणाममा सभापतिका लागि शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई सभापतिका अर्का प्रत्यासी डा शेखर कोइरालाले पछ्याइरहेका छन् । राष्ट्रिय सभागृहृमा भइरहेको मतगणनामा हालसम्म एक हजार १०० मतको गणना भएको छ । सभापतिमा देउवाले ५२२ मत प्राप्त गरेका छन् भने डा कोइरालालले ४१४ मत ल्याएका छन् ।


त्यस्तै प्रकाशमान सिंहले १०५, विमलेन्द्र निधिले १०५ र कल्याण गुरुङले चार मत ल्याएंका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो ।