इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु



उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् ।

“बिहान ४:०० बजे शुरु भएको बाढीले महिला र बालबालिका सहित आठ जनाको मृत्यु भएको” उनले एएफपीलाई बताएका छन् ।