माओवादी बन्दसत्रमा अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश



काठमाडाैँ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रको कार्यक्रम एक घण्टा ढिला गरी १२ बजेदेखि सुरु भएको छ । बन्द सत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । कमलादीस्थित महाधिवेशनस्थलमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरिरहेका हुन् । 

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदनमा प्रचण्डले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै माओवादीको उतारचढाव र समग्र विशेषमा विश्लेषण गरेका छन् । प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रतिनिधिबीच समूहगतरुपमा छलफल हुने बताइएको छ ।