माओवादी केन्द्र र नेकपा मसाल(सम्पर्क केन्द्र)बीच एकता घोषणा (विज्ञप्तिसहित)



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ ।

शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका हुन् । 


“हामी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच सम्पन्न विभिन्न चरणका वार्ता र संवादपछि दुबै पार्टीहरू एकीकरण गर्ने एेतिहासिक निश्कैषमा पुगेका छाैं ।”, विज्ञप्तिमा भनिएकाे छ ।