मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव विजय



काठमाडाैँ । नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् । 

पार्टी कार्यालय सानेपा गणना भएको मत परिणामअनुसार उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।