बानेश्वरस्थित इन्द्रेणी कप्लेक्समा आगलागी, साढे तीन करोडको क्षति



काठमाडाैँ । काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टरमा आज आगलागी भएको छ । आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीअनुसार इन्भटरबाट विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगो निभाउन काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।