प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सोमबार बलम्बुस्थित सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा शुक्रबार बिहान ९ः३० बजे डिस्जार्च भएका हुन् । निमोनियाका कारण अस्पताल भर्ना भएका जबरा स्वास्थ्यलाभ गरी फर्किएको अस्पतालका प्रवक्ता डा. प्रवीन नेपालले जानकारी दिएका छन् ।

प्रधानन्यायाधीश अस्पताल भर्ना भएपछि कार्यवाहक नदिएको भन्दै विवाद सुरु भएको थियो । तर प्रधानन्यायाधीश जबराले बिहीबारै आफू शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने र बिदा नबस्ने बताएपछि विवाद टुंगिएको थियो । बिहीबार सत्ता गठबन्धनको बैठकले पनि प्रधानन्यायाधीशलाई बिदा बसेर कार्यवाहक तोक्न आग्रह गरेका थिए ।