पुस १० गते सार्वजनिक बिदा



काठमाडाैँ । सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिएका हुन् ।