नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी



नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको घोषणा गरिएको छ । देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको निश्कर्ष निकालेको हो ।

अफ्रिकी मुलुकहरू मध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा पछिल्लो दुई हप्तामा ५०० प्रतिशतका दरले सङ्क्रमण फैलिएको छ । नाइजेरियाको रोग नियन्त्रण केन्द्रका प्रमुख इफेडायो अडेटिफाले सङ्क्रमणको दर डरलाग्दोसँग फैलिएकाले चौथो चरणको महामारीको रूपमा लिइएको जानकारी दिP ।


उनका अनुसार नाइजेरियामा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख २३ हजार ८८७ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये आइतबारसम्ममा दुई हजार ९८५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । महामारी रोक्नका लागि संयुक्त प्रयासको आवश्यकता रहेको र त्यसका लागि सवैले आ आफ्नो तर्फबाट लाग्नु पर्ने उनले बताए ।