धर्म निरपेक्ष वा सापेक्ष हुँदैन, स्वतन्त्र हुन्छ : काँग्रेस महामन्त्री कोइरालाल



काठमाडाैँ । काँग्रेस महामन्त्री डा शशांक कोइरालाले देश धर्म निरपेक्ष हुन नसक्ने बताएका छन् । उनले धर्मनिरपेक्षता शब्द ठीक नभएको पनि बताए । 

पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन।  न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।